होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु
काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारको अस्थायी बसोबास व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ। प्रभावित परिवारको इच्छाअनुसार अस्थायी आश्रय वा भाडाको घरमा बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो। सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपत्कालीन अवस्थामा बाढी प्रभावितलाई राख्न होल्डिङ सेन्टर […]
