सत्ता फेरियो, तर सत्ता संस्कार ?
आफ्नै निर्णयमाथि प्रश्न स्वीकार गर्नु, आफ्नै मान्छे गलत हुँदा कारबाही गर्नु, आलोचनालाई सहनु, असहमतिलाई सम्मान गर्नु र आफूलाई प्राप्त शक्तिमाथि सीमा स्वीकार गर्नु लोकतान्त्रिक शासनका आधारभूत गुण यिनै हुन्। तर दुर्भाग्य के हो भने सत्तामा पुगेपछि यिनै गुण सबैभन्दा पहिले कमजोर हुने गर्छन्।
