आज दिनभर जलविद्युत् आयोजनाहरूमा खोजी तथा उद्धारमा के भयो ?
नेपाली सेनाका अनुसार मंगलबार रसुवा र नुवाकोटका विभिन्न आयोजनामा संयुक्त टोली परिचालन गरी खोजी कार्य गरिएको छ । रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको छ ।
