बेपत्ताको खोजीमा जंगल, अस्पताल र शवगृहमा भौंतारिइरहेको परिवार
१४ दिनदेखि सम्पर्कविहीन विश्वराज चौधरीको खोजीमा परिवार जंगल, अस्पताल र शव पहिचानको लागि धाइरहेको छ । जीवित भएको प्रमाण छैन, मृत्यु स्वीकार्ने आधार पनि छैन । त्यसैले, उनीहरू अझै सासकै आशमा छन् ।
