Depository of News

राष्ट्रपतिबाट देश र जनताको कल्याणको कामना गर्दै पशुपतिमा पूजाआराधना

newsdepo.com · world

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए ।

Read full article →