ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी : पूर्वकर्मचारीसहित २ जना पक्राउ
२३ भदौ, हुम्ला । ताँजाकोट गाउँपालिका-३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालको संयोजकत्वमा गठित छानबिन समितिले यही भदौ ७ गते राति करिब १ बजे भएको आगलागीको घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए । उनका अनुसार […]
