जेनजी साथीहरू- परिवर्तनको नाममा विनम्रता गुमाउँदै त छैनौं ?
परिवर्तनको सबैभन्दा ठूलो प्रमाण हामीले कसलाई हटायौँ भन्ने होइन, हामी आफैं कस्तो भयौँ भन्ने हो। जुन पुरानो पुस्ताका नेताहरूलाई ‘हामी नै सर्वेसर्वा हौँ’ भन्ने अहंकारका लागि प्रश्न गर्यौँ, कतै त्यही प्रवृत्ति हामीले आफैंमा पनि हुर्काइरहेका त छैनौँ?
