शिलान्यासको ६ वर्षपछि गाउँपालिकाको भवन उद्घाटन
२१ भदौ, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । ३ करोड ७२ लाख ४९ हजार ७७१ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन आइतबार उद्घाटन गरिएको हो । निर्माण सम्पन्न भएको दुई वर्षपछि गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगरले तीन तले पक्की भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाको ४० […]
