संविधान पूर्ण कार्यान्वयन नगरी संशोधनको बहसमा पुग्नु उचित होइन : नेता परियार
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्णरूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचार: समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले संविधान जारी भएको लामो समय बितिसक्दा समेत संविधानले दिएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन तथा कानून समेत बन्न नसकेको बताए । […]
