जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने
काठमाडाैं । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी वर्षा प्रणालीको संयुक्त प्रभावका कारण पूर्वी जापानका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको एजेन्सीले जनाएको छ । मौसम एजेन्सीका अनुसार टोकियोसँगै साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह […]
