सुनचाँदी व्यवसायी महासंघद्धारा राहत, उद्धार तथा पुनर्निर्माणमा १ करोड ११ लाख सहयोग प्रदान
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम अर्थमन्त्री मार्फत प्रधानमन्त्री […]
