ब्रेन, जीन र समाज : हाम्रो सोच कसरी निर्माण हुन्छ ?
प्रख्यात मानवशास्त्री जोसेफ हेनरिचले भनेजस्तै- मानव मस्तिष्क जैविक रूपमा धेरै हदसम्म समान भए पनि संस्थाहरू, इतिहास, धर्म, शिक्षा र सामाजिक अभ्यासहरूले मानिसको सोच्ने शैलीलाई गहिरोसँग आकार दिन्छन्। त्यसैले फरक समाजका मानिसहरूले एउटै प्रश्नलाई फरक ढङ्गले बुझ्न सक्छन्।
