रसुवा बाढीमा लुम्बिनी प्रदेशका २४५ जना सम्पर्कविहीन (जिल्लागत नामावलीसहित)
२० भदौ, बुटवल । भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परेका लुम्बिनी प्रदेशका २ सय ४५ जना नागरिक सम्पर्कविहीन रहेको प्रदेश सरकराले जनाएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद् महाशाखाले भदौ १९ गते साँझ ६ बजेसम्म संकलन गरेको विवरणअनुसार प्रदेशका १२ जिल्लाबाट रोजगारी, जलविद्युत आयोजना, सडक निर्माण तथा अन्य कामका […]
