कुशको शवसँगै जलाइयो गोविन्दको प्रिय मुरली
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखराका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो। दिदीबहिनीलाई उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना भोटेकोसी नदीमा आएको विनाशकारी बाढीसँगै सधैंका लागि अधुरै रह्यो।
