दार्चुलाको चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोका कारण आधा थुनिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई उच्च […]
