सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रविन सिजापति नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिजापतिलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनको नियुक्ति शुक्रबारदेखि नै लागू भएको छ र उनले सोही दिन पदभार ग्रहण गरेका छन्। सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। […]
