भोटेकोशी बाढी प्रभावितलाई एडीबीको सहयोग, ५० लाख डलर अनुदान
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत र प्रारम्भिक पुनःस्थापनाका लागि नेपाललाई ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान उपलब्ध गराएको छ। एडीबीको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड (एपीडीआरएफ) अन्तर्गतको अनुदान सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयका सहसचिव अमृत लाम्साल र नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर […]
