ओलीको तर्क- सरकारबाट जाँदा ढिला हुने भएर सीधै पीडितलाई राहत दियौं
१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे […]
