सुरुङबाट उद्धार गरिएका सञ्जयका भाइ भन्छन्- यो सोच्दै नसोचेको खुसी भयो
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका ३० वर्षीय सञ्जय साह १० दिनपछि जीवितै उद्धार भएका छन्। शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनलाई सकुशल बाहिर निकालेपछि सप्तरीस्थित उनको परिवारमा १० दिनदेखिको छटपटी हर्षका आँशुमा बदलिएको छ। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का सञ्जय आयोजनाको कन्ट्रोल […]
