विपद्मा प्रधानमन्त्रीको बोली र प्रविधिमाथिको हाम्रो भ्रम
प्रधानमन्त्री स्वयं इन्जिनियर भएकाले विपद्को प्राविधिक पक्षबारे उनको धारणा सामान्य राजनीतिज्ञको भन्दा बढी गम्भीरतापूर्वक लिइन्छ। तर इन्जिनियर हुनुको अर्थ सबै समस्याको समाधान आफैंसँग हुनु होइन। बरु इन्जिनियरिङको एउटा महत्त्वपूर्ण गुण नै समस्याको जटिलता र आफ्नो ज्ञानको सीमा पहिचान गर्नु हो।
