चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल आइपुगे
१८ भदौ, सिन्धुपाल्चोक (चौतारा) । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् । बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका […]
