‘राहतले सधैं जीवन चल्दैन, अस्थायी आवासको व्यवस्था गर्नुपर्छ’
यो विपद् रसुवाका लागि मात्रै होइन, मुलुककै लागि ठूलो क्षति हो। रोजगारी सिर्जना गर्ने, व्यवसाय सञ्चालन गर्ने र आफ्नो सीप तथा क्षमताबाट जिल्लालाई योगदान दिने धेरै होनहार युवासमेत हामीले गुमाएका छौं। यसको क्षतिपूर्ति गर्न दशकौं लाग्न सक्छ।
