प्रिय निकेश ! तिम्रै फोटोले तिमीलाई खोजिरहेको छ
तिम्रो तस्वीर काठमाडौं, भरतपुर, नुवाकोटलगायतका अस्पतालमा टाँसिएको छ। मैले त्यही तस्वीर ट्रमा सेन्टरको भित्तामा देखेँ। निकेश याद छ ? तिमी र म हिँड्थ्यौं नि ट्रमा सेन्टर र वीर अस्पतालको त्यो बीचको गल्ली ! फुत्त आएर त्यो फोटो निकालिदेऊ न ! फेरि एकपटक सँगै त्यही बाटो हिँडौं।
