काठमाडौँ महानगरका भूमिहीन र अव्यवस्थित बोसवासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना
काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसवासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो। […]
