वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। प्रहरीका अनुसार काठमाडौं-धादिङ सीमास्थित चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा खसेको पहिरो हटाइ […]
