मकवानपुरगढीस्थित एक घरमा आगलागी, २५ लाख रुपैयाँ बराबरको क्षति
१८ भदौ, काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा आगलागी भएको छ । बुधबार राति करिब ११ बजे स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको हो। आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहीबार बिहान […]
