ग्वाटेमालामा गृहयुद्धकालीन नरसंहारको आरोपमा पूर्वकर्णेल पक्राउ
१३ मङ्सिर, ग्वाटेमाला सिटी (रासस/एएफपी)। सन् १९८२ मा ग्वाटेमालाको लामो गृहयुद्धका क्रममा करिब ४०० आदिवासीको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा सेनाका एक अवकाशप्राप्त कर्णेल पक्राउ परेका छन् । न्याय तथा मेलमिलाप सङ्घ र ग्वाटेमालाको आर्कडायोसेसस्थित मानवअधिकार कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अवकाशप्राप्त कर्णेल ओट्टो नोआक शुक्रबार अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ परेको जानकारी दिएका […]
