गायक तथा संगीतकार भविन ढुंगाना ‘अनप्लग्ड लाइभ कन्सर्ट’ मा प्रस्तुत
काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाको ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा उनले करिब तीन घण्टा प्रस्तुति दिए । शास्त्रीय संगीतमा प्रशिक्षित ढुंगानाले कार्यक्रममा पूर्वीय शास्त्रीय, अर्धशास्त्रीय तथा समसामयिक फ्युजन विधाका गीतसंगीत प्रस्तुत गरेका थिए । उनले ‘आफ्नो माटो’, ‘टाढा नजाऊ’, ‘कुसुम जसले छाड्दै’, ‘रङ्गाएर प्रीतका […]
