रसुवा बाढी : उत्तरगया वडा नम्बर १ पुग्दा मैले जे देखें र भोगें
'यो पालि बाढी आएको होइन, राक्षस आएको नानी ! बाढी त खोलामा पो आउँछ त, यो पालि त घरमाथिबाट बाढी आयो। हामी मर्नुपर्ने बूढाहरू बाँच्यौँ, भर्खरका नातिहरू मरे। अब बाँच्नुको पनि के अर्थ रह्यो र ? काल कुर्न गाह्रो भयो।’
