१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा चार टोली फाइनलमा
१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्। महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्। शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले […]
