अस्ट्रेलियाले कडा बनायो टुरिस्ट भिसाको नियम, अब पुगेपछि म्याद थप्न नपाइने
१२ मंसिर, मेलबर्न । अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा परिवर्तन गर्दै थप कडाइ गरेको छ। शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया जाने यात्रुले त्यहाँ पुगिसकेपछि आफ्नो भिसाको अवधि थप्न पाउने छैनन्। यो नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। हाल अस्ट्रेलियाले अधिकतम १२ महिनासम्मको टुरिस्ट भिसा जारी गर्ने गरेको छ। […]
