१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपीएफले कोशीलाई हरायो
११ मंसिर, सुर्खेत । दीपक बोहराको अर्धशतकीय पारीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । कालुन्चोक मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले हराउँदै दुई अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो […]
