बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटनमा पुग्यो राष्ट्रिय प्रसारण लाइन, १३ वितरण ट्रान्सफर्मर चार्ज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण […]
