ॐ र त्रिशूल अंकित बीचवेयर लगाउँदा केन्डल जेनर विवादमा
हलिउडकी चर्चित मोडल केन्डल जेनर आफ्नो फेसन शैली र व्यक्तिगत जीवनका कारण प्रायः चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरले पनि उत्तिकै चर्चा पाउँछन् । तर, यसपटक उनको फेसन शैली भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई मन परेको छैन । केन्डल हालै आफ्नी बहिनी काइली जेनरसँग बिदा मनाउन गएकी थिइन् । त्यसक्रममा उनीहरूका केही तस्वीर सामाजिक सञ्जालमा […]
