मोरङको पथरी शनिश्चरेस्थित सडक छेउमा एक पुरुष मृत भेटिए
९ मंसिर, मोरङ । मोरङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार, उनको पहिचान भने खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
