बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव
९ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने […]
