बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्
९ मंसिर, काठमाडौं । व्यावसायिक उत्पादनको संघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजना जब भोटेकोशीको प्रलयकारी बाढीको चपेटामा पर्यो, त्यसले एउटा आयोजनालाई मात्र होइन, समग्र निजी ऊर्जा क्षेत्रको मनोबललाई नै नराम्ररी झक्झक्यायो । निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनः निर्माणको सुरुवाती विन्दुमा फर्कनुपर्दा सुरुमा ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छायो । तर, […]
