१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन
९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक २४ गतेदेखि बिदा भएपछि १५ दिनयता प्रदेश प्रमुखविहीन बनेको हो । संघीय सरकारले अझै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन […]
