प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह
९ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका यी स्थल छोटो दूरीको पदयात्रा गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन् । सिमकोट गाउँपालिका–४ को बुराउसेमा पर्ने पञ्चमुखी हिमाल र लडेदह […]
