खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद
धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छ वटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो । सरकारले चालू आर्थिक वर्ष […]
