मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी, कात्तिकमा एक अर्ब ३५ करोड संकलन
झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३र८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा रु एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । उक्त महिनाका लागि रु एक अर्ब २३ करोड लक्ष्य निर्धारण गरिएकामा लक्ष्यको […]
