दशौं राष्ट्रिय खेलकुद : पहिलो दिन पौडीमा दुई राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएनए हावी
८ मंसिर, नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा मंगलबार सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नेपाल पुलिस क्लबका मायोन श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदकै पहिलो स्वर्ण जिते । कोशी प्रदेशका विकास कुमाल र एनआरएएकी मिखा काया […]
