नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ ।
