महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, जेहेन्दार छात्रालाई ५० हजारको छात्रवृत्ति
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ। बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर–१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो। सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई […]
