आन्दोलन गर्नुपर्ने कारण छैन, सरकार ढाल्ने हो भने अनशन बस्नुस्
संविधानको ‘फाउन्डिङ फादर’ भइसकेको व्यक्तिले फोहोरी राजनीति गर्दैनन् भन्ने मान्यता हुन्छ । सांसदको भन्दा संविधानको ‘फाउन्डिङ फादर’हरूको हैसियत, मर्यादा र जवाफदेहिता उच्च हुन्छ । तर हामीले बनाएका ‘फाउन्डिङ फादर’को हैसियत नै देखिएन ।
