तनहुँको भानु नगरपालिकाका मेयर ४ दिनदेखि प्रहरी हिरासतमा
७ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मेयर त्रिपाठीसहित २४ जनालाई ३ मंसिरमा पक्राउ गरेको थियो । मैंपीस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीसहित २४ जनालाई ९ लाख ६० हजार ५ सय नगदसहित प्रहरीले पक्राउ गरेको थियो । […]
