फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
७ मंसिर, स्याङ्जा । शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो । प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो । […]
