सात वर्ष अरूको फार्ममा काम गरेर सिकेको सिपले मेघबहादुर बने उद्यमी
७ मंसिर, म्याग्दी । बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उनी एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएका छन् । लामो समय अरूको फार्ममा काम गरेर सिकेको सिप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्दै उनी सफल उद्यमी बन्ने यात्रामा छन् । आफ्नो फार्ममा हुर्काएका […]
