सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने
६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो । शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार विद्यालयलाई दिइने […]
