एसिया कप राइजिङ स्टार्समा आज युएई र नेपाल भिड्दै, दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने
काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजय बेहोरेका दुवै टोली आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । युएई पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो भने […]
